new-nava-logo-copy

पृष्ठभुमि

हाम्रो यस समुदायका युवाहरुमा रहेको बेरोजगारको समस्या, स-सानो ब्यवसाय संचालन गर्न वा घरायसी व्यक्तिगत कार्यको लागि होस् एवं आपतकालीन अवस्थामा सर-सापटीको लागि छर-छिमेकी नातागोता वा ठुलाबडा समक्ष याचना गरि लिनुपर्ने, लिएका कर्जाको चर्को ब्याजदर खेप्नुपर्ने समस्या, बैंक तथा वित्तीय संस्थाहरुसंग कारोबार गर्न झन्झटिलो अथवा पहुँचको कमीले गर्दा ठुलाबडालाई बचत रकम सुम्पिई हिसाब किताब अनियमितताबाट झेल्नुपर्ने समस्या जस्ता यावत कुराहरुलाई ध्यानमा राखी ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा न. २१ स्थित मिखाबहाल टोलका जुझारु २५ जना युवाहरुको समुहबाट समुदायमा आधारित आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण लगायत समुदायमा छरिएर रहेको पूजीलाई एकिकृत गरि एक अर्काको आवश्यकता परिपूर्ति गर्न पुँजी परिचालन मार्फत आपसी सद्भाव र समझदारी अभिवृद्धि गर्न एक स्वायत्त र स्वतन्त्र संस्थाको आवाश्यकता महसुस गरि मिति २०६४ साल माघ महिनाको २० गते यस नव युवा बचत तथा ऋण सहकारी संस्था लि. को विधिवत दर्ता गरि संचालन गरियो |

परिकल्पना 

समुदायको दिगो विकासको लागी सक्षम र उत्कृस्ट सहकारी संस्था |

ध्येय

सदस्यहरुको समृद्ध जीवनका लागि सहकारी सिद्धान्त अनुरुप सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने संस्था |

आबद्ध संघ तथा वित्तीय संस्थाहरु