यस नव युवा साकोसको मिति २०७४ साल भाद्र ३१ गते अशोक पार्टि प्यालेस पाटन ढोकामा यस संस्थाका अध्यक्ष श्री अशोक महर्जन ज्यूको  सभापतित्वमा तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सभासद माननीय श्री केशव प्रसाद बडाल ज्यूको प्रमुख आतिथ्यतामा तथा विभिन्न सहकारी संघ संस्थाको आतिथ्यतामा दशौं बार्षिक साधारण सभा भब्य रुपमा सफल भएको छ ।

सभामा कुल सदस्यको ८२% सदस्यहरुको  उपस्थिति रहेको थियो । उपस्थित सदश्यहरु मध्ये ५ जनालाई गोलाप्रथाद्वारा जिन्सी सामानबाट पुरस्कृत गरेको थियो । यस संस्थाका सदश्यहरु मध्ये नियमित बचत गर्ने तथा धेरै कारोबार गर्ने २० जना बचतकर्ताहरुलाई नगद तथा सम्मान पत्रबाट सम्मान गरेको थियो । यस आ.ब. मा नियमित किस्ता भुक्तानी गर्ने, कारोबार पनि बढी गर्ने, ऋणको कारोबार बढी गरि असल ऋणमा परेका, संस्थाबाट आयोजना गरेको विभिन्न किसिमका सामाजिक कार्यहरुमा सहभागी भई कार्य गरेका एक जना सदस्यलाई “उत्कृस्ट सदस्य” को सम्मान वापत नगद तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो । एकजना कर्मचारीलाई पनि कार्य सम्पादनको आधारमा  उत्कृस्ट कर्मचारीको सम्मान गरिएको थियो भने बार्षिक रुपमा गर्दै आइरहेको जेस्ठ सदस्य सम्मान अन्तर्गत जेस्ठ महिला सदस्य एक र जेस्ठ पुरुष एक गरि दुई जना जेस्ठ सदस्यहरुलाई दोसल्ला ओढाई तथा मायाको चिनो प्रधान गरि  सम्मान गरीएको थियो ।

यस संस्थाका सचिव श्री शान्त बज्राचार्य ज्यूबाट आ.ब. २०७३/०७४ को प्रगति प्रतिबेदन तथा आ.ब.२०७४/ ०७५को भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री नारायण महर्जन ज्यूले आ.ब.२०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह प्रतिबेदन तथा आ.ब. २०७४/०७५को बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

“आफ्नो उत्पादनलाई उपभोग गर्ने”  भन्ने मुख्य उदेश्य लिई यस संस्थाबाट विभिन्न समयमा आयोजना गरिएको सिप मुलक तालिममा सहभागी भई तालिम प्राप्त गरेका सदस्यहरुले ऊक्त दिन आफुले उत्पादन गरेका सामाग्रीहरुको स्टल राखी प्रदर्शन तथा बिक्रि वितरण पनि गरेको थियो । यस साधारण सभाको मुख्य आकर्षण पनि यहि कार्यक्रम रहेको  थियो । सभाका प्रमुख अतिथि ज्यूले पनि हरेक सहकारीहरूले पनि उद्यमी सदस्यलाई प्रोत्शाहन स्वरूप एस्तो कार्यक्रमहरु गरिरहनु पर्ने कुरा ब्यक्त गर्नु भयो ।

अन्तमा सभाका सभापति तथा संस्थाका अध्यक्ष श्री अशोक महर्जन ज्यूबाट धन्यवाद ज्ञापन तथा सभा बिसर्जन गर्नु भयो ।