यहि मिती २०७५ साल आश्विन २० गते ललितपुर बालिफल स्थित अशोक पार्टी प्यालेसमा यस नव युवा बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भयो . ललितपुर छेत्र नं . ३ का सभासद पम्फा भुसाल ज्युको प्रमुख अतिथित्याता रहेको थियो .

सभामा संस्थाका जेष्ठ सदस्य २ जना,  बिभिन्न आर्थिक क्रियाकलापमा सहभागी हुनुभएका उत्कृस्ट बचतकर्ता, ऋणी, उत्कृस्ट सदस्य तथा उत्कृस्ट कर्मचारीलाई सम्मान गरिएको थियो .

औपचारिक कार्यक्रम तर्फ संस्थाको सचिव श्री शान्त बज्राचार्यबाट आ. ब. २०७४/२०७५ को प्रगति प्रतिबेदन तथा आ. ब. २०७५/२०७६ को भावी नित्ति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भयो . यसै गरि संस्थाका कोशाध्यक्ष श्री नारायण महार्जनबाट आ.ब. २०७४/०७५ को आर्थिक प्रतिबेदन तथा २०७५/०७६ को बार्षिक बजेट प्रस्तुत गर्नु भयो . आ. ब. २०७४/०७५मा संस्थाले कर बिनियोजन पश्चात जम्मा रु. ८०,८०,७०८ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ. जस अनुसार विनियममा व्यस्था गरे बमोजिम विभिन्न कोषहरुमा बादफात पच्यात शेयरमा वितरण लाभांसको लागि रु. ४१,१५,९०९ रुपैया अर्थात् १५.२२ %का दरले वितरण गर्ने गरि बिनियोजन भएको जानकारी सभा मार्फत गरियो .